२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना : चारको मृत्यु, १५ घाइते

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका वाग्मारावाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको वस दुर्घटना भएको छ । स्थानीयका अनुसार वस दुर्घटनामा ४ जनाको मृत्यु र १५ जना घाईते भएका छन ।

वस त्रिवेणी गाउँपालिका ७ तिला रिचि भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडक देखी करिव १५० मिटर तल खसेको उक्त वसमा १९ जना यात्रू सवार रहेको प्रहरीको भनाई छ । पूरा विवरण अझै आएको छैन प्रहरीले भन्यो । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालका अनुसार प्रहरी टोली घटना स्थल तर्फ खटि गएको छ ।

घटना स्थलमा उद्धार र अनुसन्धानको काम भईरहेको छ सूचना अधिकारी भुसालले भन्नुभयो । प्रमुख जिल्ला अधिकार परमानन्द घिमिरेले बस सडकबाट करिब १०० मिटर तल खसेको जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाको विस्तृत विवरण अझै खुल्न सकेको छैन । बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस