२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साउन २८ देखि निजी विद्यालय अनिश्चितकालिन बन्द गर्ने घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित ‘विद्यालय शिक्षा ऐन–२०८०’ विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै विधेयकमा समावेश गरिएका कतिपय विषयमा असहमति जनाउँदै आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गरिने प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिनुभयो । प्रस्तावित विधेयकमा ५ वर्षभित्र शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था राखिएको छ । उक्त विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आन्दोलन थालेका हुन् । विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिवद्ता जनाए आन्दोलनको कार्यक्रम फिर्ता लिन सकिने उहाँहरुको भनाई छ ।

 

 

 

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस