२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हिजो घटेको सुनको मूल्य आज मंगलबारपनि झनै घट्यो [ सूचीसहित ]

today gold price in nepal

काठमाडौं । हिजो साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा घटेको सुनको मूल्य आज मंगलबारपनि झनै घटेको छ । हिजो सामान्य गिरावट आएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको थियो । आज मंगलबार थप ३०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, आइतबार छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ पुगिसकेको थियो । लगातार तीन दिनदेखि चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँ कायम रहेको छ।

 

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस