२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेको नाराबाजीपछि संसद् बैठक २६ गतेसम्म स्थगित [ भिडियोसहित ]

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध कायमै राखेपछि २६ गतेसम्मका लागि स्थगित गरिएको छ । आज बसेको बैठकमा एमालेले नाराबाजी गरेपछि स्थगित गरिएको हो ।

बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दा राख्दै सत्तापक्षका सांसदले उठेर सरकारको विरोध जनाइहाले । सभामुखले थापालाई समय सकिएको बताएपछि एमालेका अरू सदस्यहरू उठेर नाराबाजी गर्दै बेल घेर्न पुग्नुभयो । त्यसपछि सभामुखले केही मिनेट पर्खिनुभयो र बैठक स्थगित भएको सुनाउनुभयो ।

प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस