२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोलि सभापति देउवाको घर घेर्ने नेविसंघ असन्तुष्ट पक्षको घोषणा

काठमाडौं । नेविसंघको असन्तुष्ट पक्षले केन्द्रीय कार्यालयमा भेला गर्न नदिएपछि पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने चेतावनी दिएको छ । केन्द्रीय कार्यालयमा भेला आयोजना गरेर समानान्तर समिति गठनका लागि गएका विद्यार्थी नेताहरूलाई सडकमै प्रहरी लगाएर रोकिएपछि केहीबेर दुई पक्षबीच झडपको अवस्थासमेत आएको थियो ।

सभापति दुजाङ शेर्पा पक्ष नाराबाजी गर्दै सोही ठाउँमा पुगेपछि सामान्य झडप समेत भएको थियो । प्रहरीले दोहोरो झडप हुन नदिन बीचमा बसेर रोकेको छ । संस्थापन पक्षको अवरोधबीच कोणसभालाई सम्बोधन गर्दै त्रिविका पूर्वसभापति योगेन्द्र रावलले भाडाका गुण्डा र प्रहरी लगाएर आफूहरुलाई रोकिएको भन्दै भोलि देउवाको घर घेराउ गर्न जाने बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस