२०८१ जेष्ठ ९ गते बुधवार | 2024 May 22nd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा एक पुरूषमाथि खुकुरी प्रहार

काठमाडौं । काठमाडौंमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ। बुधबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका–४ चण्डोल चोकमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यहाँ दुई पक्षबीच झगडा भएको थियो। त्यसैबीच एक जनाले कैलाली, टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार गरेको एसपी ढुंगेलले बताउनुभयो । शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए।

शाहको टाउको र खुट्टामा चोट लागेको छ। उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रहरीले यस प्रकरणमा संलग्न रहेको भन्दै कैलाली धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त महाराजगन्जले घटनाको थप अनुसन्धान अघि बढाएको परिसरले जनाएको छ।

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस