२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफ्नै ज्यान पातमा राखेर बाढिमा फसेकाहरुको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा बाढिमा फसेकाहरुको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । रौतहट जिल्लाको परोहा नगरपालिका ४ स्थित लाल बकैया खोलामा फसेका चार जनाको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही नगरपालिका ४ बस्ने ४४ वर्षिय शेख हुसेन, ५९ वर्षिय शेख दाउत र ४५ वर्षिय समसुल शेख घाँस काटी फर्कने क्रममा एक्कासी पानीको वहाव बढि खोलाको किनारमा फसेका थिए । सो बारे जानकारी पाउनासाथ सुरक्षा बेश फतुहाबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

यसैगरी सर्लाही जिल्लाको धनकौल गाउँपालिका ४ मैनाथपुर खोलामा पानीको वहाव बढ्न गई अड्किएका १ सय ५० जनाको सशस्त्र प्रहरीले साउन २३ गते सकुशल उद्धार गरेको छ । घाँस काट्न गएका उनीहरु एक्कासी पानीको वहाव बढ्न गई अड्किएको भन्ने जानकारी पाउनासाथै नं. १० गण सर्लाहीबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

त्यसैगरी डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका ४ पुन्तुरा खोलामा अड्किएका दुई जनाको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने १८ वर्षिय महेश भाट र १३ वर्षिय तेज भाट खोला तर्ने क्रममा एक्कासी पानीको वहाव बढ्न गई खोलाको बीच भागमा अड्किएका थिए । सो लगत्तै बिओपी परिगाउँबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस