२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेको उच्चस्तरीय छानबिन समितिको अडानमा कांग्रेस थपिएर सरकारलाई गलाउने संकेत

काठमाडौं । नेपाली कांग्रेसले सदनमा प्रमुख प्रतिपक्षी दलबाट भइरहेको अवरोध हटाउन आफूहरु प्रयत्नशील रहेको धारणा बाहिर सार्वजनिक गरेको छ । संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा सचेतक रमेश लेखकले सदनको अवरोध अन्त्य होस् भन्ने पक्षमा कांग्रेस रहेको बताउँदै प्रतिपक्षको मागलाई कांग्रेसले समेत समर्थन गरेर सरकारलाई गलाउने रणनीति बनाउन सक्ने संकेत गर्नुभयो ।

एमाले उच्चस्तरीय छानबिन समितिको अडानबाट पछि नहटे कांग्रेसले के गर्छ भन्ने प्रश्नमा उहाँले भनेन्नुभयो, ‘हामीले सहमति होस् भन्ने प्रयत्न गरेका हौं । तर, सहमति हुन सकेको छैन । हाम्रो प्रयत्न हाउसको अवरोध अन्त्य होस् भन्नेमै छ । अहिले सदन अवरुद्ध हुँदा जनताको धेरै विषय छलफल हुन सकेको छैन । जनताको एजेण्डामा छलफल हुन सकेको छैन ।’

सदनलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने वातावरण बनाउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रमुख सचेतक लेखकले बताउनुभयो । सदनमा विचाराधीन र सरकारले ल्याउनुपर्ने विधेयकहरु पनि अलपत्र परेकाले चाँडोभन्दा चाँडो सदनको अवरोध हटाउनुपर्ने उहाँको भनाइ छ । सरकार अडिग हुने हैन, प्रतिपक्षको माग सुन्नुपर्छ उहाँले भन्नुभयो । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । तर, सरकार तत्काल समिति गठन नगर्ने पक्षमा उभिँदा सदन खुलाउने विषयमा सहमति बन्न सकेको छैन ।

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस