२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दोलखाको गोपीखोलामा बस दुर्घटना

Road Accident

काठमाडौं । दोलखाको गोपीखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वैत्यश्वर वैत्यश्वर– १ गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बा २ ख ५४२९ नम्बरको को यात्रुवाहक बस गोपीखोलामा आज बिहान ९ बजेतिर दुर्घटना भएको हो । अनियन्त्रित भएर बस सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि सदरमुकाम चरिकोट पठाएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस