२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्डलाई जताततै संकट नै संकट, सरकार जसरीपनि ढाल्नेगरी सडकमा उत्रियो देशकै ठूलो शक्ति [भिडियोसहित]

काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माणको भुक्तानी नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । शुक्रवार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन संसद् भवन अगाडि विरोध प्रदर्शन गर्दै उनीहरुले निर्माण व्यवसायीहरूका माग सरकारले सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

विरोध कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले अहिलेसम्म निर्माण व्यवसायीहरूका माग सम्बोधन नगरेको भन्दै अब तेस्रो चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिनुभयो । उहाँले व्यवसायीहरूको सही प्रश्न उठाएका छन् भन्ने जानकारी हुँदासमेत सरकार बेखबर भएको बताउनुभयो ।

सरकारले विकास निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई धराशायी बनाउने काम गरेको आरोप उहाँले लगाउनुभयो । उहाँले सरकारले समयमा नै निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नसक्ने हो भने जनतालाई आवश्यक विकास निर्माणका काम मात्रै सुरु गर्नुपर्ने बताउनुभयो । अध्यक्ष सिंहले राजनीतिक पार्टीका कार्यकर्तालाई पोस्ने गरेर सरकारले बनाएको उपभोक्ता समिति खारेज गर्नुपर्ने माग गर्नुभयो । प्रर्दशनमा उत्रिएका सबै व्यावसायीले माग पूरा नगरे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नै ढाल्ने चेतवानी दिएका थिए ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस