२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेको नाराबाजीमा सत्तापक्ष उठेपछि सभामुखले झोक्किदै भने संसद मैले नियन्त्रण गरेको हुनपर्नेछ [भिडियोसहित]

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गर्नुभयो । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिनुभयो ।

एमाले सांसद साहलाई बोल्न समय दिएलगत्तै सत्तारुढ दलका सांसदहरुले उठेर विरोध गर्न थाल्नुभयो । त्यसपछि सभामुखले नियमको पालना गर्न आग्रह गर्नुभयो । ‘नियमको पालना गरौं । मैले समय प्रतिपक्ष दलको माननीय बाट ज्वाला कुमारी साहलाई दिएको छु । उहाँले बोलिसकेपछि यहाँहरको कुरा के हो त्यो म सुनाउने छु ।’

तर, सत्तारुढ दलका सांसदहरुले सदन विपक्षीको मात्रै कुरा सुनेर अगाडि बढ्न नसक्ने बताएपछि सभामुखले सभा आफ्नो नियन्त्रणमा चल्ने बताउनुभयो । ‘माननीय सदस्यहरु आलोपालो मैले नियन्त्रण गरेको हुनपर्ने छ । मेरो कुराको आधारबाट यो सभा सञ्चालन गर्नुपर्ने छ’ सभामुख घिमिरेले ठूलो स्वरमा भन्नुभयो ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस