काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । हिमालय एयरलाइन्सको जहाजबाट चीन भाग्न लागेका चिनियाँ नागरिक लिजिया लिन र लिउ फुयानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सुन तस्करी प्रकरण अनुसन्धानको जिम्मा सीआईबीले पाएको छ । राजस्व अनुसन्धान विभागको निगरानीमा रहेका उनीहरू अध्यागमन विभागको कालोसूचीमा थिए ।
साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएको करिब सय किलो सुन बरामद भएको थियो । उक्त प्रकरणमा लिन र फुयानलाई सिआईबीले आज नियन्त्रणमा लिएसँगै यस प्रकरणमा पक्राउ पर्नेकोसंख्या १९ पुगेको छ ।