२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फ्रान्सलाई सडन डेथमा हराउँदै अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा

काठमाडौं । फ्रान्सलाई सडन डेथमा पराजित गर्दै सह-आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिसबनमा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा अष्ट्रेलियाले पेनाल्टीमा फ्रान्सलाई ७-६ ले हरायो । अष्ट्रेलिया पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

 

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । सुटआउटमा दुवै टिमले १०-१० पेनाल्टी प्रहार गरेका थिए । तर अष्ट्रेलियाका कोर्टनी भिनले प्रहार गरेको अन्तिम पेनाल्टी जितका लागि निर्णायक बन्यो । त्यसअघि फ्रान्सकी भिक्की बेहकोको प्रहार पोष्टमा लागेर फर्केको थियो ।

अष्ट्रेलियाकी गोलकिपर म्याकन्जी आर्नोल्डले ३ पेनाल्टी प्रहार बचाइन् । तर उनै आफैँ भने गोल गर्न असफल रहिन् । अष्ट्रेलियाले अब फाइनल प्रवेशका लागि शनिबार नै हुने इंग्ल्याण्ड र कोलम्बियाबीचको अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग खेल्नेछ ।

 

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस