२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सत्तामा हुँदा सबैले कुनै न कुनै घोटाला गरेका छन्, मैले सानो निर्णय गरेको हो : बाबुराम भट्टराई

सुर्खेत । पूर्व प्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको दाबी गर्नुभएको छ । शनिबार कर्णाली राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताउनुभयो ।

‘यो प्रकरणमा मेरो नाम जोडिएको हुँदा छानबिन गरोस् म तयार नै छु,’ उहाँले भन्नुभयो, मेरो पालाबाट नै ललिता निवासको विषयमा सानो निर्णय भएको हो । ३–४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो । त्यो मेरो नियतबस नभई मन्त्रिपरिषद्को निर्णय हो । सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेका छन् ।’

देशको जटिल भूराजनीतिक, हिमाल पहाड तराई मधेसका जातीय समुदायबीचको पहिचान र अधिकारसहित संघीय प्रदशेहरुको व्यवस्थापन, लोकतन्त्रका अपूर्णतामा शासकीय स्वरुपमा कमजोरी भएको स्वीकार्दै चरम भ्रष्टाचारको बिगबिगी र गरिबी बेरोजगारी जस्ता मुख्य समस्याहरू समाधान गर्न नेपाली कांग्रेस, एमाले र माओवादी लगायतका दलहरू खासै क्रियाशील नभएको भट्टराईले आरोप लगाउनुभयो । भट्टराईले भन्नुभयो, ‘गणतन्त्रपछि भ्रष्टाचार घट्नुको साटो बढिरहेको छ । भ्रष्टाचारका घटनाहरु उच्चस्तरीय आयोगमार्फत छानबिन गरिनुपर्ने छ । एक एक घटना नभएर सबै घटना र काण्डहरू बाहिर ल्याउनुपर्छ । अख्तियार निकै कमजोर भएको छ ।’ सत्ता परिवर्तनको खेल खेलिरहनेभन्दा संविधान नै संशोधन गर्नुपर्ने उहाँको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस