२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस सांसदले भने, केपी ओली मेरो पुज्जनीय पिता सरह, राष्ट्रनायक हुनुहुन्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसदले नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गर्नुभएको छ । कांग्रेस नेता सुनिल शर्माले एमाले अध्यक्ष ओलीलाई राष्ट्रनायकको संज्ञा दिनु भएको हो । नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेर शुक्रबार रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शर्माले जेलमा हुँदा ओलीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

शुक्रबार, जिल्ला अदालत काठमाडौंले नक्कली शैक्षिक प्रमाणपत्र प्रकारणमा पक्राउ परेका शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । शर्मा प्रतिनिधिसभा सदस्य भएकाले थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ ।

अध्यक्ष ओलीलाई पिता सरह भन्दै शर्माले भन्नुभयो, ‘मेरो पिताजी सरह रोल निर्वाह गर्दिनु भएको राष्ट्रनायकका रुपमा उहाँले आफूलाई उभ्याउनु भएको केपी शर्मा ओली । मैले अस्ति पनि भनेको थिए, केही गुणहरु केपी शर्मा ओलीका राम्रा छन । उहाँ र उहाँको पार्टीलाई म फरक पार्टीको मान्छे भएपनि धन्यवाद दिन चाहान्छु ।’

अध्यक्ष ओलीलाई भेट्ने इच्छा पनि शर्माले राख्नुभयो । यसअघि एमाले अध्यक्ष ओलीले सत्यको पक्षमा बोल्दा सुनिल शर्मा पक्राउ परेको टिप्पणी गर्नुभएको थियो । अध्यक्ष ओलीका अनुसार सरकारका मन्त्रीविरुद्ध बोलेका कारण सांसद शर्मालाई पक्राउ गरिएको हो । उहाँले सुन तस्करी प्रकरणमा संलग्न भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्दै आउनु भएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस