२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युरोप भम्रण छोट्याएर माधव नेपाल भोलि स्वदेश फर्किंदै

बार्सिलोना । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युरोप भम्रण छोट्याउदै आइतबार नेपाल फर्किदै हुनुहुन्छ । स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन आइपुग्नुभएका उहाँ म्याड्रिडस्थित नेपाली दूतावासमा हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री नेपाल आइतबार म्याड्रिडबाट कतार एयरलाइन्स हुँदै नेपाल फर्कन लागेको उहाँ निकट स्रोतले जानकारी दिएको छ । ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि विदेश भ्रमणमा गएको भन्दै आलोचना खेपिरहेका बेला उहाँले १० दिने भम्रणलाई छोट्याउनुभएको हो ।

पूर्वप्रधानमन्त्री नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उहाँ सोमबार स्वीट्जरल्यान्डको जेनेभा पुग्नुभयो । उहाँले क्रोएसिया र बेलायत जाने कार्यक्रम रद्ध गर्नुभएको छ।

फर्किनुअघि बार्सिलोना घुम्दै

आइतबार नेपाल फर्कने तयारी गरिरहनुभएका पूर्वप्रधानमन्त्री नेपाल शनिबार बार्सिलोना पुग्नुभएको छ । पर्यटकीय सहर बार्सिलोनाको विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर ‘सग्रादा फैमिलियाको उहाँले अवलोकन गर्नुभएको छ । १ सय ४१ वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको ‘सग्रादा फैमिलिया’ नामको चर्च हेर्न बर्सेनि लाखौं पर्यटकहरुको भीड लाग्ने गर्छ। पूर्व प्रधानमन्त्री नेपालले टिबिटाबु डाडादेखि बार्सिलोना सहरको पनि अवकोलन गर्नुभयो । केही घण्टा घुमेर साँझ सात बजे नै उहाँ स्पेनको राजधानी म्याड्रिड फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस