२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा [भिडियोसहित]

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ज्येष्ठ नागरिकको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारेको हो ।

नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादवले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका लागि छुट्टयाइएको ४ लाख रुपैयाँ बजेट एक कर्मचारी राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नगरेको उजुरी परेपछि अख्तियारले छापा मारेको हो । त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमुलक तालिमका लागि आएको लाखौं रकम लिएको तर भुक्तानी लिएर काम नगरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । हेर्नुहोस् भिडियो

 

 

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस