२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज मन्त्रिपरिषद् हेरफेर : माओवादीका दुई मन्त्रीको पद चैट

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लाग्नुभएको हो । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ । आज राष्ट्रपति भवन शितल निवासमा मन्त्रीहरुको सपथको तयारी गरिएको छ ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । जनमतलाई सरकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई हटाउनु पर्नेछ । यति मात्र हैन । प्रधानमन्त्रीले अहिलेका माओवादीका विवादित दुई मन्त्री नै हटाएर अर्का नयाँलाई मौका दिने तयारी गर्नुभएको छ । दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई सांसदलाई मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्दैहुनुहुन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङ र जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रचण्डले मन्त्री नियुक्त गर्न लाग्नुभएको एकिन हो । तामाङ नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये दुई जनालाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्ने’ आन्तरिक तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेको स्रोतले खुलायो ।

 

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस