२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, खतराको सतह पार गरेपनि घट्दो

काठमाडौं । नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजमा नेपाल र भारत दुवै तर्फका सबै (३६) वटै ढोका खोलिएको हो।

सोमबार बिहान गरिएको मापनअनुसार गण्डक ब्यारेजमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पुगेको छ। गण्डक ब्यारेजमा ३ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ। नारायणी नदीमा आइतबार रातिदेखि नै पानीको सतह बढेको छ। नारायणी पुलमा रहेको मापन केन्द्रमा पानीको सतह ११.०४ मिटर पुगेको छ। उक्त मापन केन्द्रमा पानीको सतह ११ मिटर पुग्नुलाई सतर्कता तह मानिन्छ।

नारायणी नदीकै देवघाटमा पनि पानीको सतह सतर्कता तह पार गरेको छ। देबघाट मापन केन्द्रमा पानीको सतह ७.५७ मिटर पुगेको छ। बिहान ६ः४७ बजेको अपडेटअनुसार नारायणी नदीमा पानीको बहाव कम हुँदै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस