२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपमेयर पराजयले मन्त्री बन्न सफल अनितादेवी साह को हुन् ?

काठमाडौं । निक्कै महत्वपूर्ण मानिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अनितादेवी साह नियुक्त हुनुभएको छ । जनमत पार्टीका तर्फबाट मन्त्री बन्नुभएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो । प्रधानमन्त्रीले नियुक्त गरेको पत्र राष्ट्रपतिको कार्यालयमा पठाएपछि आज शपथ भएको हो । सपथ लिएसँगै उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पदभार ग्रहण गर्नुभयो ।

अनितादेवीलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई फिर्ता बोलाउनुभएको थियो । अनितादेवीलाई सोही मन्त्रालयको जिम्मेवारी दिइएको छ । जनमत पार्टीले अनितादेवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरेको थियो ।

गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो। जनमतका तर्फबाट मन्त्री बन्नुभएका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिनुभएको थियो । जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो।

सरकार छाडेको चार महिनापछि जनमत फेरि सरकारमा सहभागी भएको छ । जनमतले सिफारिस गरेकी अनिता साह पार्टी सचिव हुनुहुन्छ । धनुषाकी साह जनमतमा लाग्नुभन्दा पहिले गैरसरकारी संस्था र समाजसेवामा सक्रिय हुनुहुन्थ्यो । स्थानीय तहको निर्वाचनमा उहाँ जनकपुर उपमहानगरको मेयरमा पराजित हुनुभएको थियो ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस