२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक सातापछि खुल्यो भीमदत्त राजमार्ग, जोखिम कायमै

धनगढी । भीमदत्त राजमार्ग एक सातापछि खुलेको छ । कैलालीमा २२ साउनमा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।

गोदावरी नगरपालिका(४ को बुढीतोलामा गएको पहिरो पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले सडकमाथिबाट आएको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गरिएको जानकारी दिनुभयो । पहिरो पन्छाए पनि उक्त क्षेत्रमा हिलो र दलदल कायमै रहेका कारण सवारीसाधनलाई जेसीबीको सहायताले पास गराइरहेको सुवेदीले बताउनुभयो ।

तत्काल राजमार्ग सञ्चालनमा आए पनि जोखिम कायम हुँदा ढुक्क हुने अवस्था नरहेकाले जेसीबी, एक्साभेटर र लोडर तयारी अवस्थामा राखिएको डिभिजन सडक कार्यालयले जनाएको छ । राजमार्ग सञ्चालन भएसँगै एक हप्तादेखि तराईका जिल्लासँग विच्छेद भएको सुदूरपश्चिमका ६ पहाडी जिल्लाको सडक सम्पर्क जोडिएको छ ।

 

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस