२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौ । सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जनाएको छ ।

चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो सीआईबीले पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ । राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस