२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केशव स्थापित एमाले केन्द्रीय सदस्यबाट अलग

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग हुनुभएको छ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उहाँ प्रायः निष्क्रिय रहँदै आउनुभएको थियो ।

हालै उहाँले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराउनुभएको थियो । सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बतायो । एमालेले स्थापितसँगै सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय सदस्यबाट बिदा गरेको छ ।

 

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस