२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसद् विघटन हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरे त्यही काटे बराबर : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताउनुभएको छ । मंगलबार काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उहाँले संसद् विघटन गरेर सही गरेको निष्कर्ष सुनाउनुभयो ।

‘हामीले पुस ५ गते संसद् विघटनको सिफारिस गर्‍यौं। हामीले ठीक ठानेर गर्‍यौं। ठीक भनेर गर्‍यौं। ठीक थियो र गर्‍यौं। नगरी नहुने थियो र गर्‍यौं। विलकुलै समसामयिक कदम चाल्यौं,’ उहाँले भन्नुभयो, ‘यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र भएको थियो। हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौं।पुस ५ गतेको कदम भनेको त्यही हो। हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौं।’

 

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस