२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गर्भावस्था र बच्चा जन्मेपछि श्रीमान्‌सँगको शारीरिक सम्बन्धबारे अनुभव साट्दै अभिनेत्री प्रियंका र निर्देशक रेनशा

काठमाडौं । अभिनेत्री प्रियंका कार्की आधुनिकता र खुलापनका लागि चिनिन्छिन् । उनी आफ्ना नितान्त निजी जीवनका कुराहरू पनि मिडियामा छरपस्ट पार्न हिच्किचाउँदिनन् । दुई वर्षअघि आमा बनेकी प्रियंका अहिले चलचित्रमा खासै डिमान्डेड छैनन् । उनी म्युजिक भिडियो खेलेर आफूलाई व्यस्त राखिरहेकी छन् । त्यसबाहेक युट्यूवमा एउटा पोडकास्ट आफैं चलाउँछिन् र विभिन्न सेलिब्रिटीहरु ल्याएर उनीहरूसँग अन्तरंग कुरा गर्छिन् ।

प्रियंकाले महिलाको गर्भावस्थामाथि केन्द्रित रहेर ‘द फोर्थ ट्राइमेस्टर’ नाम पोडकास्ट चलाइरहेकी छन् । उनको पोडकास्टमा पछिल्लो अतिथि बनेर आएकी छन्, निर्देशक रेनशा बान्तवा राई । यो एपिसोडमा उनीहरुले निकै खुलेर अन्तरंग कुराकानी गरेका छन् ।

प्रियंकाले रेनेशासँग एकदमै व्यक्तिगत प्रश्न सोधेकी छन् । यस क्रममा आफ्नो प्राइभेट कुराहरू पनि उनले निसंकोच सेयर गरिन् । प्रियंकाले रेनेशालाई सोध्छिन्, ‘बच्चा पाएको कति समयपछि श्रीमानसँग शारीरिक सम्बन्ध भयो ?’ प्रश्न रेनेशाका लागि अनपेक्षित थियो सायद ।

‘भन्नैपर्ने ?’ उनी अन्कनाएर सोध्छिन् । प्रियंका भन्छिन्, ‘या.. अफ कोर्स ।’ त्यसपछि रेनेशाको जवाफ आउनु अगाडि नै प्रियंका आफ्नै अनुभव सुनाउँछिन् । ‘फर मि‘, आइ थिंक.. (केहीबेर सोच्दै) ‘ इट टुक मि फोर मन्थ ।’ रेनेशा (छक्क पर्दै) – ‘फोर मन्थ ?’ प्रियंका (औंला भाँच्दै) :सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर‘ एस‘ (हाँस्दै) वि हेड सेक्स इन डिसेम्बर‘ आफ्टर आयन्का वाज बर्न । तिमीलाई कति समय लाग्यो ?’

रेनशा (लजाउँदै) {हाम्रो ४ महिना त लागेन ‘। यो त धेरै लामो भयो नि ? कि कसो हो ?’ प्रियंकाले आफू गर्भावस्थाका विभिन्न जटिलताबाट बाहिर आउन ४ महिना लागेको बताइन् । अनि फेरि दोहोर्‍याएर सोध्छिन्, ‘तिमीलाई कति समय लाग्यो ? तीन दिन ? हाहाहा‘’ । रेनेशा (हाँस्दै) : आइ डन्ट नो । ठ्याक्कै त थाहा भएन । तर, अलि चाँडै नै हुनुपर्छ । त्यस्तो ४ महिना त लागेन । प्रियंकाः कति चाँडै ? रेनेशाः खोइ, ठ्याक्कै याद भएन । पहिल्यै ९ महिना ‘अफ’ मा भइन्छ । (हाँस्दै) । प्रियंकाः नाइन मन्थमा यु गाइज डिडन्ट ? (नौ महिनामा तिमीहरुले केही गरेनौ ?) रेनेशाः मलाई त सम्झना छैन । बिर्सेँ ।

प्रियंकाः कुनै पनि डाक्टरले प्रिग्नेन्सीको टाइममा पार्टनरसँग इन्टिमेन्ट हुनु हुँदैन भन्दैन । तर, सतर्क चाहीँ हुनुपर्छ । तपाईंले वाइल्ड हुनु हुँदैन र अरु बेलाजस्तो धेरै एक्सपेरीमेन्ट गर्नु हुँदैन । प्रिग्नेन्सीको बेला सावधान हुनुपर्छ । हामीले त प्रिग्नेन्सीमा पनि शारीरिक सम्बन्ध कायम राख्यौं । तर, प्रिग्नेन्सीपछि चाहीँ चार महिनामा मात्रै पहिलोपटक भयो ।

 

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस