२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

३ दिनदेखि बाढीग्रस्त कागबेनीमा छैन विद्युत र खानेपानी

काठमाडौं । बाढीग्रस्त कागबेनीमा तीन दिनदेखि खानेपानी र विद्युत आपूर्ति अवरूद्ध भएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार बाढीले क्षतविक्षत तुल्याएको कागबेनीको आधा भागमा खानेपानी आपूर्ति हुन सकेको छैन। खानेपानी आपूर्ति आजबाट नियमित गरिने र सबैतिर विद्युत आपूर्ति हुन भने अझै केही दिन लाग्ने उहाँले बताउनुभयो ।

‘बाढीले क्षतिग्रस्त तुल्याएका पोलहरू ममर्त गरेर भोलिबाट आपूर्ति नियमित गर्न सकिन्छ कि भनेर लागिपरेका छौं,’ उहाँले भन्नुभयो, ‘खानेपानीचाहिँ आजबाट नियमित हुन्छ।’ आइतबार साँझ आएको मुक्तिनाथबाट उत्पत्ति हुने कागखोलामा आएको गेग्रानसहितको बाढीले २९ घर क्षतिग्रस्त बनोका थिए। १३ घरमा आंशिक क्षति भएको थियो। बाढी पसेका घरको भुइँतला पूरै लेदोले ढाकेकाले सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले हिलो पन्छाइरहेको केसीले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस