२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबै प्रकरणमाथि छानबिन हुन्छ : सञ्‍चारमन्त्री शर्मा

दाङ । नेपाल सरकारका प्रवत्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले खोलेका सबै प्रकरणको छानबिन निष्कर्षमा पुग्ने बताउनुभएको छ । उहाँले सरकारले खोलेका सबै खालको प्रकरणको फाइल गम्भिरताका साथ हेरिरहेको बताउनुभएको होे । अहिले ती प्रकरणहरुमा अनुसन्धान भइरहेको र सबै निश्कर्षमा पुग्ने उहाँले बताउनुभयो ।

दाङमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘विगतका प्रकरणमा भएका अनुसन्धान हेर्दा बीचैमा रोकिन्छ की भन्ने आशंक उठ्नु स्वभाविक छ, तर अहिले त्यस्तो छैन । ‘सररकाले आफ्नै घरको मान्छेलाई पनि छोड्दैन भन्ने कमिटमेन्ट गरेको छ, प्रधानमन्त्री स्यवम्ले पनि यसो भन्नु भएको छ ।’ अहिले भइरहेका प्रकरणहरु छिट्टै निश्कर्षमा पुग्नेछ उहाँले भन्नुभयो ।

 

 

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस