२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध

जनकपुरधाम । बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् । मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई चौकीमा प्रहरी जवान रुपेश चौधरीले यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी जवान चौधरीलाई मंगलबार राति नै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले आरोपित प्रहरी जवानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस