२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेमा खादा–माला, कोट भन्दा ठूला व्याज र अतिथि आसन ग्रहण गर्ने दिन गए

काठमाडौं । नेकपा (एमाले) ले अबदेखि पार्टी कार्यक्रममा अतिथिहरुलाई खादा, माला र व्याज लगाउने झन्झट नगर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्तिको सचिवालय बैठकबाट यसबारे निर्णय नै गरेको जानकारी दिनुभएको छ ।

अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘फेसबुक ट्वीटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसन ग्रहण गराएर समय बरबाद गर्नु भएन भन्ने सुझाव दिने गर्नु भएको थियो । हो पनि । तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ ।’

साथै उहाँले अनुहारै छोपिने गरी खादा–माला र कोट भन्दा ठूला व्याज लगाउने प्रचलन पनि बन्द गर्नु पर्ने बताउनुभएको छ । ‘कार्यक्रमहरुमा औपचारिकताका लागि धेरैलाई आसन ग्रहण गराउने र खादा–मालाले पुर्ने भद्दा चलनहरु हटाएर समयलाई काममा लगाउने विषयमा तपाईंहरुका अरु के सुझावहरु छन् ?’, उहाँले सुझाव समेत माग्नुभएको छ ।

 

 

 

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस