२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फसेर हात्तीको कष्टपूर्ण मृत्यु

धनगढी । कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका–७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्ट्यान्कीमा परेको अवस्थामा हात्ती मृत भेटिएको हो । हात्तीको मृत्यु निक्कै कष्टपूर्ण बन्यो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले हात्तीको पछाडिको शरीर सेप्टिक ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको जानकारी दिनुभयो । मेहताले मृत भेटिएको हात्तीलाई सेप्टिक ट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस