२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं महानगरको कार्यपालिका बैठकमा चरम विवाद, बन्द भयो लाइभ

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकमा चरम विवाद देखिएको छ । कार्यपालिका वैठकमा पेश भएका २१ प्रस्तावमध्ये अन्तिममा रहेको विविध शीर्षकमा छलफल हुँदा विवाद भएको हो । वडाध्यक्षहरुले विविध शिर्षकको छलफल सुरु भएपछि विभागीय समितिले मागेको योजना बजेटमा नपरेको, वडाले माग्दै नमागेको बजेट वडामा दिएको भन्दै प्रश्न उठाउनुभएको थियो । केही कार्यपालिका सदस्यहरुले महानगरकी उपप्रमुख सुनिता डंगोलको बजेट निर्माणमा भएको भूमिकाबारे प्रश्न गर्नुभएको थियो ।

उपप्रमुख डंगोलले बजेट आफू एक्लै बनाएको नभई बजेट तर्जुमा समितिले बनाएको जवाफ दिनुभयो । उहाँले बैठकमा प्रश्न गर्नुभयो, ‘वडाध्यक्षहरुले सबैले यो मेरो वडा, त्यो तेरो वडा भनेपछि प्रमुख र उपप्रमुखको चाहिँ कुन वडा ?

विवाद पछि लाइभ बन्द

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकदेखि नै प्रत्यक्ष प्रशारण सुरु गरिएको थियो । मेयर बालेन शाहले चुनावी एजेण्डा नै कार्यपालिका बैठक लाइभ गर्नेलाई बनाउनुभएको थियो । जसअनुसार काठमाडौं महानगरपालिकाको आधिकारिक फेसबुक पेज, युट्युब च्यानलबाट लाइभ गर्दै आएको थियो । तर, विहीबार कार्यपालिका बैठकको अन्तिम समयमा विवाद भएपछि कार्यपालिका सदस्य बोल्दाबोल्दै लाइभ बन्द भएको छ ।

कार्यपालिका सदस्यहरु प्रशासन प्रमुखलाई जिम्मेवार नभएको भन्दाभन्दै लाइभ अड्किएर बन्द भएको हो । मेयर बालेनको सचिवालयले भने वैठक सकिएर लाइभ बन्द भएको बताएको छ । २१ औं कार्यपालिका बैठक महानगरपालिकाको बालाजु स्थित बाइसधारा उद्यानको सभाहलमा भएको थियो । कार्यपालिकाको वैठकले सबै बुँदामा सर्वसम्मत निर्णय गरेको छ । जस अनुसार शहरी योजना आयोगका उपाध्यक्षमा डा. सुमननरिसंह राजभण्डारी नियुक्त गर्ने, महानगरले गुठीको जग्गा भोगचलन गर्न पाउने सैद्धान्तिक सहमति, भोटेबहाल प्लाजालाई जरिवाना गर्ने लगायत निर्णय सर्वसम्मत भएको छ ।

 

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस