इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु शान्त विद्रोहबाट देश परिवर्तनका लागि प्रयास गरिरहेको बताउनुभएको छ ।
कुनै नेपालीले एक थोपा रगत नबगाइ जनताले चाहेको परिवर्तनको आँट स्वतन्त्र पार्टीले लिएको उहाँको भनाइ छ । कसैसँग हानाहान गरेर, रगत बगाएर सुदूर भविष्यको यात्रामा नहिंडेकाले आफूहरुसँग सहयात्रा गर्न इलामे नागरिकलाई लामिछानेले आग्रह गर्नुभयो ।
इलामको फिक्कल बजारमा आयोजित सभालाई आज सम्बोधन गर्दै हरेक निर्वाचनमा अहिलेसम्मका दलहरुले अनेक बहानामा देशको अर्थतन्त्र विगारेको उहाँले टिप्पणी गर्नुभयो । लामिछानेले अहिले चलिरहेको सुन काण्ड, ललिता निवास र नक्कली भुटानी शरणार्थी काण्डलाई सही ढंगले छानविन गर्न आग्रह गर्नुभयो ।