२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शेयर लगानीकर्ताद्वारा धितोपत्र बोर्डको ध्यानाकर्षण

ठमाडौं । पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन् । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोन पुगेको टोलीले सेयरबजारमा गम्भीर प्रकारका संकट आउँदा पनि सेवोन, नेप्से र अर्थमन्त्रालयले गर्नुपर्ने कुनै काम नगरेको भन्दै बोर्डको ध्यानाकर्षण गराउनुभएको हो ।

सेयर बजारमा आपूर्तिको मात्र ओईरो लागेर माग पक्ष अति कमजोर हुँदै गएकाले ५६ लाख लगानीकर्ताको लगानी अति जोखिममा परेकाले ध्यानाकर्षण गराइएको कोइरालाले बताउनुभयो । राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सीमा तत्काल हटाउन, बैंक तथा बित्तीय संस्थाहरुलाई अल्पकालीन लगानीमा लगाएको बन्देज खारेज गरी संस्थागत लगानीकर्ताको हस्तक्षेप गराउन पनि ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

अंकित मूल्यमा आउने आईपीओमा ५० प्रतिशत आम सर्वसाधारणलाई, १० प्रतिशत विदेशमा बस्ने नेपालीलाई र ४० प्रतिशत कानूनी ब्यक्ति अर्थात कम्पनीको रुपमा दर्ता भएका लगानीकर्तालाई वितरण हुनेगरी संस्थागत लगानीकर्ताको सहभागिता अनिवार्य गर्न गराउन पनि उहाँहरुले ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस