२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गढिमाइ गएर फर्किनासाथ हृदयघात भएर सशस्त्र प्रहरी उपरीक्षक थपलियाको मृत्यु

वीरगन्ज । सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी उपरीक्षक सुमन थपलियाको मृत्यु भएको छ। प्रहरी उपरीक्षक थपलियाको बिरगंजमा शनिबार दिउँसो मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

बाराको गढिमाइ गएर साइकिलिङ गरि फर्किनुभएका एसपी थपलिया अचेत भएर ढल्नुभएको थियो । उहाँलाई उपचारको लागि नारायणी मेडिसिटी बयोधा अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।

हृदयघात भएर थपलियाको मृत्यु भएको हो। उहाँको मृत्यु भएको थाहा पाएपछि अहिले बिरगंजका राजनीति दलका नेता, समाजसेवी लगायतले समाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन् ।

पछिल्लो समय उहाँ साइकिलिङमा खुबै चासो राख्नुहुन्थ्यो । केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा १९.२२ किलोमिछर एक घण्टामा पूरा गरेको तस्वीर राख्नुभएको थियो । त्यसअघि २९.०९ किलोमिटर एक घण्टा १३ मिनेटमा पूरा गर्नुभएको थियो । असार १९ गते आफ्नी धर्मपत्नी विनया थपलियासँगको तस्वीर राख्दै बैबाहिक बर्षगाँठ बनाउनुभएका थपलियाको अल्पआयुमा नै भएको निधनले देश र परिवारमा अपरणीय क्षति पुगेको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस