२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसद बैठक ५ भदौसम्म स्थगित

काठमाडौं । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

दुबै बैठकमा नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेको थियो । सरकार पनि उच्चस्तरीय छानबिन समिति गठन नगर्ने अडानमा छ । दुबै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि संसदको अवरोध नहटेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब ६० किलोग्राम सुन (गालेपछिको तौल) २ साउनमा सिनामंगलबाट बरामद भएको थियो । नेकपा एमालेले उक्त सुन भन्सार पास भएर आउनुमा गृहमन्त्री र अर्थमन्त्री पनि दोषी रहेको दाबी गर्दै उहाँहरुमाथि पनि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि संसद बैठक अवरोध गर्दै आएको छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस