२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अवरोध सदनबारे प्रधानमन्त्री दाहालले सदनमा सहभागी सबै दलका नेतासँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद अवरोधबारे सदनमा सहभागी सबै दलका नेतासँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आइतबार मन्ध्यान्ह साढे १२ बजे प्रधानमन्त्री दाहालले पार्टीका संसदीय दलका प्रमुखसँग छलफल गर्न लाग्नुभएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

मंसिरमा भएको गत आम निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बनेका छन्। सोहि दलका संसदीय दलका प्रमुखसँग प्रचण्डले छलफल गर्न लाग्नुभएको हो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ। अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले पहल गर्दै आउनुभएको छ । तर दलहरुबीच सहमति नजुटेकाले आज दिउँसो १ बजे बोलाइएको संसद बैठक पनि बस्ने नबस्ने अझै अनिश्चित छ।

 

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस