२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दलका नेताहरुसँग राष्ट्रपतिको चिन्ता, संविधान र राजनीतिक प्रणालीमाथि नै खेलबाड हुन खोजेको हो कि ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र वर्तमान राजनीतिक प्रणालीमाथि नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले शक्तिपृथकिकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हिँड्न सकेका छौं कि छैनौं भनेर पनि सोच्नुपर्ने बेला भएको दलका नेताहरुलाई भन्नुभयो ।

मंगलबार शीतलनिवासमा सर्वदलीय बैठक बोलाउनुभएका राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्त्वपूर्ण कानूनहरू बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेको विषयमा दलहरुको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानूनी विषय अझै टुङ्गोमा पुग्न नसकेको उल्लेख गर्दै अहिलेको अवस्थामा यो विषय टुङ्ग्याउन नसकिए जनताले खोजेको शान्तिको चाहना पुरा हुन नसक्ने बताउनुभयो । राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन समयमै पास गर्न समेत दलहरुको ध्यानाकर्षण गराउनुभयो । देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा उक्त ऐन समयमा पास गर्न नसकिए नेपालमा आउने विदेशी लगानी रोकिन सक्ने र नेपालको साख अन्तर्राष्ट्रिय जगतमा गिर्न सक्छ भन्नेतर्फ सचेत भएर ति कानून बनाउन राष्ट्रपतिले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस