२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मौसमी प्रतिकूलताले धेरै स्थानका उडान प्रभावित, पोखरा अझै खुलेन

काठामाडौं। अविरल वर्षासँगै मौसमी प्रतिकूलताले बुधबार मुलुकका आधा दर्जन गन्तव्यका उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका अनुसार लुक्ला, सुर्खेत, भोजपुर, दाङ, पोखरा, तुम्लिङटारका उडान प्रभावित भएको हो।

आज लुक्ला, सुर्खेत, भोजपुर, दाङ, तुम्लिङटारका उडान रद्द भएका छन्। पोखरा उडान अझै खुला भएको छैन। कतिपय उडान स्थगन भएको छ। केही गन्तव्यमा भने उडान भइरहेका छन्। लुक्लातर्फ तारा, सीता र समीटको कुल ६ वटा उडान स्थगन भएको विमानस्थल कार्यालयले जनाएको छ। नेपाल वायुसेवा निगमको दाङ र भोजपुरतर्फका उडान स्थगन भएको छ।

मौसमी प्रतिकूलताले उडान प्रभावित भएपछि वायुसेवा कम्पनीहरुले आफ्नो मोबाइल एप र सम्पर्क कार्यालयमार्फत यात्रुलाई सूचना प्रवाह गर्दै आएका छन्। यता अन्तर्राष्ट्रियतर्फ भने उडान डिले भए पनि स्थगन नभएको विमानस्थल प्रवक्ता सुवास झाले बताउनुभयो । उहाँका अनुसार बुधबार अन्तर्राष्ट्रियतर्फ ७८ उडान(अवतरणको तालिका छ भने आन्तरिकतर्फ २ सय २४ वटाको तालिका छ।

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस