२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

उच्चस्तरीय समिति बनाउने बारे दलहरुको बैठक सिंहदरबारमा सुरु, अध्यक्ष ओली सामेल

काठमाडौं । साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेबारे राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले बैठक बसिरहेको छ। केहीबेरअघि मन्त्रिपरिषद् बैठक बसिसकेपछी दलहरु छलफलमा जुटेका हुन्।

मंगलबारको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बस्न सकेको थिएन। आज भने अध्यक्ष ओली बैठकमा सहभागी हुनुहुन्छ । यसअघि दलहरुको बैठकले उच्चस्तरीय समितिको कार्यप्रणाली र मापदण्ड बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई तोकेको थियो।

मंगलबार बिहान तीन सदस्यीय कार्यदलको बैठकले उच्चस्तरीय समितिको टीओआरको ड्राफ्ट बनाएको थियो। तीन नेताको कार्यदलले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सिफारिस स्रोतले जनाएको छ। कार्यदललाई बुधबार नै टुंगोमा पुर्‍याएर संसद् खोल्ने गरी दलहरुबीच सहमति हुन लागेको छ। सुन प्रकरणलाई लिएर गत साउन १० गतेदेखि संसद्‍मा निरन्तर अवरोध छ। प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय समिति चाहिने अडान राखेको छ। उता सत्तारुढ दलहरुले केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान पर्याप्त हुने बताइरहेका छन्।

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस