२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बिहान ९ बजेदेखि बसिरहेको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँकाअनुसार मंगलबारको नियमित मन्त्रिपरिषद् बैठक बस्न नभ्याइएपछि अहिले बिहानलाई सरेको थियो ।

‘मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बस्दै आएको छ। हिजो नबसेका कारण आज बिहान बस्न लागेको हो,’ उहाँले भन्नुभयो । बुधबार बिहान ११ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरूको पनि बैठक बस्दै छ। आज बस्ने बैठकले ६० किलो बढी सुनलगायत प्रकरण जाँचबुझ गर्न उच्चस्तरीय समितिको कार्यादेश र क्षेत्राधिकार तय गर्ने बताइएको छ।

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस