२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिशूली नदीमा कसरी भयो यति ठूलो दुर्घटना

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । अन्य ८ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मृतकको पहिचानका लागि प्रहरीले काम गरिरहेको छ । घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिरहेको छ ।

प्रारम्भिक अनुमान अनुसार बस तिव्र गतीमा भएका कारण नियन्त्रण गुमाएर नदीमा खसेको हुनसक्छ । त्रिशूली नदीमा खस्ने खोल्सामा बनाइएको ढलान पुलको दाहिनेतर्फबाट बस तल खसेको छ ।

काठमाडौंबाट जाँदै गरेको बस देब्रेतर्फ गुड्नुपर्ने हो । यस्तो अवस्थामा की त प्राविधिक खराबी आई आफै ब्रेक लागेर दाहिनेतर्फ बस मोडिन पुग्छ । कि त तिव्र गती हुनुपर्छ वा चालक निदाएको वा चालकले होस गुमाएको अवस्थामापनि यस्तो हुनसक्छ घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले बताउनुभयो । दुर्घटनाको कारणपनि उद्धारसकिएपछि प्रहरीले खोज्दैछ ।

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस