२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतको चन्द्रयान-३ चन्द्रमाको दक्षिण ध्रुवमा सफल अवतरण

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को महत्वाकांक्षी तेस्रो चन्द्र अभियान ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा नेपाली समय अनुसार ६ बजेर २० मिनेटमा अवतरण गरेको हो । चन्द्रयानको सफल अवतरण भएमा भारत पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेर इतिहास रचेको छ ।

ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सम्मिलित ल्यान्डर मोड्युल चन्द्रयान–३ मिसन चन्द्रमामा अवतरण गर्न र चार वर्षमा इसरोको दोस्रो प्रयासमा रोबोट लुनार रोभर अवतरण गर्न सफल भयो । भने भारत अमेरिका, चीन र पूर्व सोभियत पछि चन्द्रमाको सतहमा सफ्ट ल्याण्ड गर्ने विश्वको पहिलो बन्ने छ भने देशहरुको हकमा भारत चौथो देश बन्नेछ ।

अमेरिका, पूर्व सोभियत संघ र चीनले चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ गरे पनि चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा भने ‘सफ्ट ल्यान्डिङ’ भने भएको छैन । चन्द्रयान तेश्रोको सफल अवतरण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै १४० करोडको जित भएको बताउनु भएको छ । भारतमा नयाँ उर्जा, नयाँ विश्वास र नयाँ चेतनाको भएको बताउनु भएको छ । भारतको उदयमान भाग्यको आह्वान र अमृतकालको पहिलो प्रहरमा सफलताको अमृत बर्षा भएको बताउनु भएको छ । धर्तीमा संकल्प लिएर चन्द्रमामा सफल भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस