२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पत्रकारिता एमए अध्ययनरत एलिजाले किन गरिन् आत्माहत्या ? सिंगो त्रिवि र पत्रकारिता जगत शोकाकुल

काठमाडौं । त्रिभुवन बिश्वबिद्यालय स्नातकोत्तर प्रथम सेमेस्टरमा अध्ययनरत छात्रा एलिजा गौतमले आत्माहत्या गरेकी छिन् । पत्रकारीता केन्द्रीय बिभागअन्तर्गतको प्रथम सेमेस्टरको परीक्षा संचालन भईरहेको बेला उनले आत्माहत्या गरेकी हुन् ।

बिबाहित एलिजाले केन्द्रीय बिभागअन्तर्गत अध्ययन भईरहेको रत्नराज्य लक्ष्मी क्याम्पसका सहपाठीहरुलाई न्युप्लाजास्थित छात्राबासमा बस्ने बताऊने गरेकी थिइन् । मिलनसार स्वभावकी एलिजाले आत्हत्या गर्नुको कारणहरूका बिषयमा बिभिन्न आँकलन गरिएपनि सम्बन्धित निकायको अनुसन्धानपछि पुष्टि हुनेछ ।

एलिजाको आत्माहत्याका कारण पत्रकारिता बिभागमात्र नभएर आर आर क्याम्पस र सिंगो त्रिभुवन बिश्वबिद्यालय शोकाकुल बनेको छ । पोखरा स्थायी बसोबास भएकी एलिजा पत्रकारीता बिषयमा जेहेन्दार तथा धेरै नै मेहेनति भएको उनीसँग अध्ययन गर्ने साथीहरु बताउछन् । उनले पोखराको माछापुछ्रे एफएम लगायतका सञ्चार माध्यममा सात बर्षदेखि पत्रकारिता गरिरहेकी थिइन् । उनी चलचित्र पत्रकार संघ कास्की शाखामा सदस्यको रुपमा क्रियाशील थिइन् । विभिन्न सञ्चार संगठनमा आवद्ध रहेकी उनको असमायीक निधनले सिंगो प्रेस जगत नै शोकमा डुबेको छ ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस