२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पशुपतिनाथको दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको बस भयानक दुर्घटना: ७ जनाको मृत्यु, १७ घाइते

Road Accident

काठमाडौं । बारामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। काठमाडौंबाट जनकपुरतर्फ गइरहेको प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान २ः३० बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, चुरियामाइ मन्दिर नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। १७ जना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका बस्ने ४१ वर्षीय विजयलाल पण्डित, भारतको राजस्थान घर भएका ६७ वर्षीय बहादुर सिंह, भारत राजस्थानकै ६५ वर्षीया मिरा देवी छन्। ज्यान गुमाउनेमध्ये ३ जना महिला र १ जना पुरुषको पहिचान खुलेको छैन।

घाइते हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका घर भएका ३८ वर्षीय बिहारी मुखिया, धनुषाको जनकपुर घर भएका ४१ वर्षीय धुरन मण्डल, महोत्तरीको लोहरपट्टी घर भएका २६ वर्षीय जसबेन्द्र पासवान छन्। यस्तै, भारतको राजस्थान बस्ने ४८ वर्षीय घनश्याम चतुर्वेदी, ५३ वर्षीया माया देबी, ३५ वर्षीय अनिल कुमार, ५० वर्षीया तारादेवी चतर्वेदी, ९ वर्षीया क्रितिका चतुर्वेदी, ४८ वर्षीय श्याम लाल माली, ४७ वर्षीय हरवारी माली, ७० वर्षीया चौथी देवी, ७२ वर्षीय सुरेशचन्द्र चक्रवर्ती, ७३ वर्षीय राम प्रसाद घाइते भएका छन्।

भारत राजस्थान नै घर भएका ६३ वर्षीय धरम सिंह, ६० वर्षीया इन्दु धाकद, १६ वर्षीया गर्विदा चतुर्वेदी र ५४ वर्षीय राम कुमार चतुर्वेदी छन्। बसमा सवारमध्ये धेरै जना भारतीय तीर्थयात्री थिए। उनीहरु पशुपतिनाथको दर्शन गरेर काठमाडौंबाट फर्किरहेका थिए। जनकपुरमा जानकी मन्दिरको दर्शन गरेर भारत फर्किने तयारीमा रहेका उनीहरु दुर्घटनामा परेका हुन्।

 

 

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस