२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अध्यागमनका महानिर्देशक झलकरामलाई गृहमन्त्रालयले जगेडामा तान्यो

Department of Immigration

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृहमन्त्रालयले छानबिनका लागि मन्त्रालयको जगेडामा तानेको छ । सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने बताइएको छ । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिनुभयो । अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस