२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धरानमा भएको विवादमा सामाजिक सद्भाव कायम राख्न पूर्वमेयरहरुको चार बुँदे आह्वान

काठमाडौं । धरानमा पछिल्लो समय भइरहेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पूर्वमेयरहरुको बैठकले धरानबासीमा चार बुँदे आह्वान गर्नुभएको छ । धरान सांस्कृतिक रुपमा वर्षौंदेखि आपसी सद्भाव, भाइचारा तथा एकता कायम गरेको समाज भएको र यस किसिमको सामाजिक सद्भाव फैल्याउने गतिविधि पहिले कहिल्यै नभएको उल्लेख गर्दै पूर्वमेयरहरुको बैठकले धार्मिक तथा सांस्कृतिक विवादलाई सम्बन्धित पक्षहरु बसेर वार्ता तथा छलफलबाट समाधान गर्न आग्रह गर्नुभएको छ ।

पूर्व मेयर कुमार बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले धरानको विवाद समाधानका लागि शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बस्न पनि अपील गर्नुभएको छ । त्यस्तै, धरानको सामाजिक सद्भाव कायम राख्न शुक्रबार दिउँसो २ बजे नागरिक स्तरबाट सद्भाव र्याली निकाल्ने निर्णय पनि बैठकले गरेको छ ।

धरानको सम्भावित सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न पनि सम्बन्धित पक्षसँग बैठकले आग्रह गरेको छ । बैठकमा निर्वतमान मेयर तिलक राई, पूर्वमेयरहरु मनोज कुमार मेन्याङबो, मिन कुमार सुब्बालगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस