२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कसैले मलाई गोली हान्न सक्छ : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले देशका लागि राम्रो काम गर्दै गर्दा कसैले गोली हाने पनि आपत्ति नरहेको बताउनुभएको छ । आज बिहीबार पार्टीेनिकट भूपू सैनिक तथा प्रहरीले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूले सरकारमा रहँदा कानूनको पाना पल्टाएर मात्रै निर्णय गरेको बताउनुभयो ।

अहिलेको सरकारले एमालेलाई विभिन्न काण्डमा हुँदै नभएको कुरा ल्याएर जोड्ने दुस्प्रयास गरेको बताउनुभयो । सरकारकै योजनामा अब कसैकसैले केपी ओलीलाई हत्कडी लगाइयो भनेर छाप्न सक्ने उहाँले बताउनुभयो । ‘कसैले मलाई गोली हान्नसक्छ आपत्ति छैन, तर मलाई पञ्चायकालमा जस्तै गरेर हुँदै नभएको कुरामा १० वर्ष कैद गर्ने १० वर्ष भुक्तान भइसकेपछि ४ वर्ष यसै थुन्यो । अहिले पनि त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो,’ उहाँले भन्नुभयो ।

आफू प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री हुँदाका काम कारबाहीमा कानून पल्टाइपल्टाइ निर्णय लिएको उहाँले बताउनुभयो । कसैको इच्छाले केपी ओलीलाई फसाउन नसकिने उहाँको भनाई छ । माकुराको जालोमा भैसी पर्दैन भन्ने सरकारमा रहेकाहरुले बुझ्न आवश्यक रहेको उहाँको भनाई थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस