२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजसंस्थाको एजेन्डामा फर्किए कमल थापा, लिङ्देनको नेतृत्व स्वीकार गर्न समेत तयार

काठमाडौं । राप्रपा नेपालले फेरि संवैधानिक राजतन्त्र एजेन्डालाई आत्मसात् गरेको छ। काठमाडौंमा शुक्रबार केन्द्रीय समिति बैठक राखेर अध्यक्ष कमल थापाले पार्टीको विचार अबदेखि संवैधानिक राजसंस्था हुने निर्णय गराउनुभएको छ । यसबारे जानकारी दिन राप्रपा नेपालले घोषणा सभा नै गरेको थियो। सभामा बोल्दै थापाले संवैधानिक राजसंस्थासहित प्रजातन्त्र पार्टीको विचार हुने बताउनुभयो ।

‘राप्रपा नेपालको मुलभूत विचार संवैधानिक राजसंस्थासहित प्रजातन्त्र हुनेछ। राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीति हुनेछ,’ उहाँले भन्नुभयो । थापाले राजसंस्था आत्मसात् गरेको घोषणा गर्दा स्वागतमा नेता, कार्यकर्ताले ताली बजाए, हुटिङ गर्नुभएको थियो । २०६३ मा राजासहित प्रजातन्त्रको मूल विचारलाई बोकेर राप्रपा नेपाल स्थापना भएको थियो। तर २०७८ मा राप्रपा महाधिवेशनमा थापा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग हारेपछि पूर्व राजा ज्ञानेन्द्र शाहले हराएको भन्दै राप्रपा परित्याग गर्नुभयो । राप्रपा परित्याग गरेपछि राप्रपा नेपाल ब्युँत्याउनुभयो । अहिले लिङ्देनको नेतृत्व स्वीकार गरेर राप्रपा समाहित गर्न थापा तयार रहनुभएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस