२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बागमती नदीमा गरियो र्‍याफ्टिङ (फोटो फिचर)

काठमाडौँ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन नदी महोत्सव तथा महाजल यात्रा गरिएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा गत वर्ष जस्तै यस वर्ष पनि शनिवार नदी महोत्सव तथा महाजलयात्राको आयोजना गरिएको हो ।

बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्धनका साथै र्‍याफ्टिङ तथा जल पर्यटन उजागर गर्न र नदी महोत्सव तथा महाजल यात्राको आयोजना गरिएको हो । “ललितपुरको कुपण्डोल स्थित बागमती पुलबाट बिहान ७ बजेबाट सुरु भएको महाजल यात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिएको थियाे । नदी सभ्यता संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले सन् २००१ देखि हरेक वर्ष बागमती नदीमा महाजलयात्रा हुँदै आएको छ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस