२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साम्प्रदायिकता मच्चाउन खोज्नेहरूबाट होसियार बनौँ–ओली

दमक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विभिन्न प्रकारका साम्प्रदायिकता मच्चाउन खोजिएको भन्दै यसमा सचेत हुन आग्रह गर्नुभएको छ । उहाँले सबै प्रकारको विभेद र असमानताको अन्त्यको पक्षमा आफू र पार्टी रहेको जनाउँदै अशान्ति नमच्चाउन आग्रह गर्नुभयो ।

दुई दिन अघिदेखि गृहनगर झापामा रहनुभएका ओलीले कोशी प्रदेश नामकरण तथा पहिचानको नाममा भइरहेको आन्दोलन हिंसात्मकतर्फ उन्मुख भएको बताउँदै यसले कसैलाई पनि फाइदा नपुग्ने बताउनुभयो । ढुङ्गा हान्ने र अशान्ति मच्चाउने कार्य रोकेर साझा पहिचानको पक्षमा उभिन म सबैलाई आग्रह गर्दछु, उहाँले भन्नुभयो ।

आपसमा मारामार गरेर कसैलाई फाइदा नपुग्ने उहाँको भनाइ थियो । कुनै समस्या भएमा वा चित्त नबुझेमा छलफल र बहसमा आउनुपर्ने हो, उहाँले भन्नुभयो । हामी सबै प्रकारका असमानता र विभेद समाजबाट अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्छौ, उहाँले जनाउनुभयो । हरेकलाई सामाजिक न्याय र समानता प्राप्त हुनुपर्दछ, ओलीले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले प्रदेशको नामकरण ‘कोशी’ राख्दा सबैको पहिचान समेटिएको दाबी गर्नुभयो । नेपालको सबैभन्दा होचो स्थान कचनकवलदेखि लिएर सबैभन्दा अग्लो चुचुरो सगरमाथासम्म रहेको प्रदेशको नामकरणमा कुनै जाति विशेष र थर विशेषले बहस गर्नु उपयुक्त नहुने भएकाले यो उपयुक्त नाम भएको जनाउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस